अर्थ

निजी अस्पतालमा उपचार : आजदेखि ३ प्रतिशत महँगो



काठमाडौँ, १ साउन । आजदेखि सबै प्रकारका निजी अस्पताल उपचार सेवा लिँदा बिरामीले थप ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ तिर्नुपर्ने भएको छ ।

सरकारले आर्थिक विधेयक २०८३ मार्फत निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाले लिने सबै प्रकारका सेवा शुल्कमा ३ प्रतिशत स्वास्थ्य समता शुल्क लागू गरेसँगै नयाँ व्यवस्था आजदेखि कार्यान्वयनमा आएको हो।

नयाँ व्यवस्थाअनुसार निजी स्वास्थ्य संस्थाले बिरामीबाट असुल गर्ने सबै सेवा शुल्कमा ३ प्रतिशतका दरले स्वास्थ्य समता शुल्क थप गर्नुपर्नेछ ।