काठमाडौँ, ८ साउन । नेपालमा २०० र ५०० दरमा भारतीय नोट बोक्न खुला गरेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै यसअघि १०० रुपैयाँ दरका नोट मात्रै बोक्न पाउने व्यवस्था रहेकोमा अब २०० र ५०० दरका नोट समेत बोक्न पाउने व्यवस्था गरिएको हो । २ हजार दरको नोटको प्रतिबन्ध भने अहिले पनि कायमै छ ।
२५ हजार रुपैयाँ नबढ्ने गरी सो दरको नोट बोक्न पाइने व्यवस्था गरेको हो । यसअघि गत वर्ष भदौमा जारि गरिएको परिपत्रमा २५ हजारसम्म भारु बोक्न पाउने व्यवस्था रहे पनि १०० रुपैयाँ वा सोभन्दा कम दरका नोट मात्रै बोक्न पाउने व्यवस्था थियो ।
यसरी ल्याउने नोटहरू भारत सरकारले सन् २०१६ को नोभेम्बर वा सोभन्दा पछि जारी नोट हुनुपर्ने उल्लेख गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्