काठमाडौँ, १९ साउन । नेकपा (एमाले)ले सुनसरी र विराटनगरमा भएका पछिल्ला घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताएको छ ।
आज प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले सरकारको कमजोरीका कारण नागरिकले ज्यान गुमाउनुपरेको बताएका हुन् ।
सांसद बरालले सुनसरीमा भएको साम्प्रदायिक तनाव र त्यसपछि उत्पन्न परिस्थितिका कारण चार जना युवाको मृत्यु भएको उल्लेख गर्दै यसको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताए ।
उनले भने, ‘यदि समयमै सामान्य हातहतियार प्रदर्शनलाई नियन्त्रण गरी शान्ति–सुरक्षा कायम गर्न सकेको भए आज यो दुर्भाग्यपूर्ण अवस्था आउने थिएन। त्यसैले यी चार जना मृतकको मृत्युको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ, । ‘छानबिन न्यायिक हुनुपर्छ। तजबिजी ढङ्गबाट बनाइएको छानबिन समितिले न्याय दिन सक्दैन। त्यसैले पूर्वन्यायाधीशको नेतृत्वमा आयोग गठन गरी यस घटनाको यथोचित कारण पत्ता लगाउन र स्थायी समाधान खोज्न म सरकारसँग माग गर्दछु,’ ।










प्रतिक्रिया दिनुहोस्