काठमाडौँ, १९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरले पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परेर ज्यान गुमाएका नेपाली आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेकी छन्।
आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेकी हुन् ।
गत बिहीबार आरोहणका क्रममा हिमपहिरोमा परेर बेपत्ता भएका पुर्जाको शव सोमबार भेटिएको थियो । सांसद रानामगरले पुर्जाले आफ्नो साहसिक विश्वकीर्तिमानमार्फत नेपाललाई विश्वभर चिनाउन महत्वपूर्ण योगदान दिएको बताइन् । उनले पुर्जासहित ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली समेत व्यक्त गरिन्।
बैठकमा बोल्दै उनले भनिन्, ‘निर्मल पुर्जाले संसारभर नेपाललाई चिनाउन सफल हुनुभएको छ।’ उनले अगाडि थपिन्, ‘त्यस्तो व्यक्तिलाई राज्यले राष्ट्रिय विभूतिको रूपमा लिनुपर्छ भन्ने कुराको माग गर्न चाहन्छु।’










प्रतिक्रिया दिनुहोस्