Banner News

प्रतिनिधिसभाको बैठक बस्दै (कार्यसूचीसहित)



काठमाडौँ, २६ साउन । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । 

दिउँसो १:०० बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उक्त प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।