काठमाडौँ, २५ साउन । सरकारले बहालवाला दुई सचिवहरुको राजीनामा स्वीकृत गरेको छ ।
मन्त्रिपरिषदको मंगलबारको बैठकले सचिवहरु कमलप्रसाद पोखरेल र बाबुराम अधिकारीको राजीनामा स्वीकृत गरेको हो ।
मन्त्रिपरिषदले राजीनामा स्वीकृत गरेसँगै सचिवहरुले राजीनामा गरेको विवरण सार्वजनिक भएको हो । पोखरेल हालै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव थिए भने बाबुराम अधिकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत थिए ।










प्रतिक्रिया दिनुहोस्