काठमाडौँ, २८ साउन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सिंहदरबार परिसरभित्र सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालनमा ल्याएको छ ।
सिंहदरबारस्थित उद्योग मन्त्रालय र गृह मन्त्रालयको बीचमा रहेको स्थानमा बिक्री कक्ष सञ्चालनमा ल्याइएको हो । बिक्री कक्षको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले उदघाटन गरेकी छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वार्षिकोत्सवको अवसरमा सञ्चालनमा ल्याइएको उक्त बिक्री कक्षमा करिब १२४ प्रकारका खाद्य तथा दैनिक उपभोग्य सामग्री बिक्री–वितरणका लागि राखिएको छ ।










प्रतिक्रिया दिनुहोस्