राजनीति

जनकवि दुर्गालाल श्रेष्ठको निधन



काठमाडौँ, १ भदौ । गीतकार तथा जनकवि दुर्गालाल श्रेष्ठको निधन भएको छ ।

 ९३ वर्षका उनको आइतबार राति बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको साहित्यकार तथा चलचित्र समीक्षक प्रकाश सायमीले जानकारी दिए ।

केही समयदेखि बिरामी रहेका उनी पछिल्लो ६ दशकदेखि लगातार साहित्य सिर्जनामा सक्रिय थिए । उनले नेपाल भाषासहित नेपालीमा पनि कविता र गीतसँग अन्य विधामा पनि कलम चलाएका छन् । नेपाल भाषा परिषद्ले दुई दशक अगाडि उनलाई जनकविको उपाधिबाट सम्मानित गरेको थियो । उनका नेपाल भाषाका एक दर्जन भन्दा बढी कृति प्रकाशित छन् ।

श्रेष्ठको जन्म एक निम्न–मध्यमवर्गीय नेवार परिवारमा सन् १९३५ (१९९२) मा काठमाडौँमै भएको थियो । उनले पद्मोदय माध्यमिक विद्यालयबाट विद्यालय तहको शिक्षा हासिल गरेका थिए । उनले सन् १९४९ मा आफ्नो लेखन करियर सुरु गरेका थिए ।