काठमाडौँ, २ भदौ । नेकपा (एमाले)ले प्रदेश सभा सदस्य किरण थापालाई बागमती प्रदेश सरकारको मुख्यमन्त्री बनाउने निर्णय गरेको छ।
आज बसेको संसदीय दलको बैठकले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । त्यस्तै संसदीय दलका नेतामा जगन्नाथ थपलियालाई नै निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ । एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच नयाँ सत्ता समीकरणको सहमति भएसँगै प्रदेश सरकारहरूको भागबण्डामा बागमती प्रदेशको नेतृत्व एमालेले पाएको हो ।
बागमती प्रदेशसभा १०४ सदस्यीय छ । यो अंकगणितअनुसार सरकार गठनका लागि ५३ जना सदस्यको बहुमत पुर्याउनुपर्ने हुन्छ । बागमती प्रदेशसभामा कांग्रेस ३६ सिटसहित सबैभन्दा ठूलो दल छ । नेकपाको २६ सिट, नेकपा एमालेको २५ सिट (उपसभामुखसहित) छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ ।










प्रतिक्रिया दिनुहोस्