राजनीति

बागमती सरकार गठनका लागि एमालेका किरण थापाद्वारा दाबी पेस



काठमाडौँ, ३ भदौ । बागमती सरकार गठनका लागि एमालेका किरण थापामगरले दाबी पेस गरेका गरेका छन् ।

नेपालको संविधान धारा १६८ को २ बमोजिमको सरकार गठनका लागि ६३ सांसदको समर्थनमा थापाले दाबी पेस गरेका हुन् ।

एमालेको तर्फबाट मुख्यमन्त्रीको उम्मेदवार बनेका थापाले एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सहित ६३ सांसदको समर्थनमा सरकार गठनका लागि दाबी पेस गरेका हुन् । थापाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष दाबी पेस गरेका हुन् ।

थापाको दाबी पेसका लागि एमालेका संसदीय नेता जगन्नाथ थपलिया, राप्रपा नेता उद्धव थापा, नेकपा दलका नेता शालिकराम जम्काट्टेलले समर्थन पत्रमा हस्ताक्षर गरेका छन् ।