काठमाडौँ, ४ भदौ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने धुर्मुस–सुन्तलीको योजना आकर्षक भए पनि दानदातव्यको भरमा त्यति ठुलो परियोजना सुरु गर्नु अपरिपक्व कदम जस्तै रवि–बालेनको अहिलेको कार्यशैलीलाई तुलना गरेका छन् ।
बिहीबार सामाजिक सञ्जालमा महासचिव पोखरेलले समयको चेत भन्दै रकम अभाव र बढ्दो उधारोका कारण धुर्मुस सुन्तलीको परियोजना संकटमा परेको र उनीहरू पलायन हुन बाध्य भएको बताएका छन् ।
उनले भनेका छन्, ‘समयको चेत ?! अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने धुर्मुस–सुन्तलीको योजना आकर्षक भए पनि दानदातव्यको भरमा त्यति ठूलो परियोजना सुरु गर्नु अपरिपक्व कदम थियो । परिणाम— रकम अभाव र बढ्दो उधारोका कारण परियोजना संकटमा पर्यो र उनीहरू पलायन हुन बाध्य भए । अहिलेको नयाँ राजनीतिक नेतृत्व (रवि–बालेन समूह) को कार्यशैली पनि ठ्याक्कै त्यस्तै दिशामा अघि बढिरहेको देखिन्छ । राजनीति लामो संघर्ष, समर्पण र राज्य सञ्चालनको कला तथा विज्ञान हो । केवल डिजिटल लोकप्रियता र एल्गोरिदमको भरमा सत्ता चलाउन खोज्दा आज मुलुकमा चौतर्फी अन्योल, आर्थिक शिथिलता र सामाजिक संकट गहिरिँदै गएको छ । स्पष्ट योजना र दूरदर्शिता बिना राज्यसत्तालाई स्वेच्छाचारी ढंगले सञ्चालन गर्ने हो भने, भोलि धुर्मुस–सुन्तलीकै जस्तो असमयमै पलायनको बाटो रोज्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । समयमै चेत खुलोस् !’










प्रतिक्रिया दिनुहोस्