अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २३ भदौ । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३५ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ५ हजार ४ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १ सय रुपैयाँले बढेर ४ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।