काठमाडौँ, ५ कार्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता पूर्वकेन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा लुम्बिनी प्रदेश सभाका पूर्वसदस्य बाबुराम गौतमको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
गौतमको निधनबाट पार्टीले एक निष्ठावान् अभिभावक तथा देशले राजनीतिक एवं सामाजिक क्षेत्रको एक सच्चा जनसेवक गुमाएको अध्यक्ष ओलीको भनाई छ । अध्यक्ष ओलीले दिवंगत गौतमप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।
‘नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता, पूर्वकेन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा लुम्बिनी प्रदेश सभाका पूर्वसदस्य कमरेड बाबुराम गौतमको निधनको खबरले हाम्रो पार्टी नेकपा (एमाले) मर्माहत भएको छ ।’ अध्यक्ष ओलीले आज शोक वक्तव्य जारी गर्दै भनेका छन्, ‘वि.सं. २००२ सालमा गुल्मीको थोर्गामा जन्मनुभएका कमरेड बाबुराम गौतमले वि.सं. २०२३ सालमा बनारसमा कमरेड पुष्पलालबाट कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरी आफ्नो राजनीतिक यात्रा प्रारम्भ गर्नुभएको थियो । उहाँले आफ्नो कर्मथलो बाँके र नेपालगञ्जलाई बनाएर कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउन निरन्तर योगदान पुर्याउनुभयो ।’










प्रतिक्रिया दिनुहोस्