अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ८ कार्तिक । आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ११ हजार ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ७८ हजार ५ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १९५ रुपैयाँले घटेर ३ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।