राजनीति

प्रधान सेनापति र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता



काठमाडौँ, १२ कार्तिक । नेपालका लागि अमेरिकी राजदूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिनले बिहीबार नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेकी छन् ।

भेटका क्रममा नेपाल–अमेरिका साझेदारी, गत अगस्टमा आएको विनाशकारी बाढीपछि नेपालको पुनर्स्थापना तथा विपद् पूर्वतयारी र प्रतिकार्यमा अमेरिकाले गरिरहेको सहयोगबारे छलफल भएको दूतावासले जनाएको छ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार बोल्डिनले बाढीका कारण ज्यान गुमाएकाहरूप्रति गहिरो दुःख व्यक्त गर्दै बेपत्ता नेपाली सैनिकका परिवारप्रति समवेदना प्रकट गरेकी थिइन्।

अमेरिकाले नेपालको विपद् प्रतिकार्य क्षमता सुदृढ बनाउन अमेरिकी निर्मित हेलिकोप्टर, ड्रोन र नदीमा सञ्चालन गर्न मिल्ने उद्धार डुंगासहित १ कराेड ५० लाख अमेरिकी डलरभन्दा बढी मूल्यका उपकरण उपलब्ध गराउन लागेको पनि दूतावासले जनाएको छ। ती उपकरणको आपूर्ति आगामी वर्षदेखि सुरु हुने बताइएको छ।