काठमाडौँ, १५ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विशेष बैठक आज बस्दैछ ।
आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बैठक बस्ने भएको हो । पछिल्ला समसामयिक घटनाक्रमबारे सरकारलाई ध्यानाकर्षण गर्नका लागि कांग्रेसको विशेष बैठक बोलाएको हो ।
बैठकमा सभापति गगन थापा, वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति र महामन्त्री मात्रै सहभागी हुनेछन् । बैठकले सरकारलाई समसामयिक विषयमा ध्यानाकर्षण गराउने बताइएको छ ।
बैठक लगत्तै समसामयिक विषयमा पार्टी सभापति थापाले धारणा राख्नेछन् । सभापति थापाले धारणा राख्ने कार्यक्रममा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरू सहभागी हुने बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्