काठमाडौँ, ७ मंसिर । भारतको दुई दिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ दिल्लीस्थित राजघाटमा महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
सो क्रममा प्रधानमन्त्री शाहले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै गान्धीको जीवन, आदर्श र अतुलनीय योगदानप्रति उच्च सम्मान प्रकट गर्नुभयो ।
उहाँले सत्य, शान्ति र अहिंसाका शाश्वत मूल्यप्रतिको दृढ प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री शाह भारत भ्रमणमा पुग्नु भएको हो ।










प्रतिक्रिया दिनुहोस्