सरकारको निर्णयमा सत्तारूढ दलका सांसद नै असन्तुष्ट

काठमाडौँ, ६ बैशाख । भारतबाट एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने सरकारको निर्णयमा सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि जनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले सरकारको यो निर्णयले सीमावर्ती क्षेत्रका सर्वसाधारणले सास्ती खेप्नुपरेको भन्दै असन्तुष्टि जनाएका हुन् । सरकारको यो कदमको विरोध गर्दै गृहमन्त्री सुधन गुरुङलाई भेटेर मधेशबाट निर्वाचित रास्वपाका केही सांसदले यसमा पुनर्विचार गर्न माग…