आजदेखि देशभर आर्थिक गणना हुँदै: १८ वटा क्षेत्रको विवरण सङ्कलन गरिने

काठमाडौँ, २ बैशाख । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । अर्थ मन्त्रालयले मुलुकको समग्र औद्योगिक एवं आर्थिक क्षेत्रसँग जोडिएको तथ्याङ्क सङ्कलन गरिने भएकाले यस कार्यमा योगदानका लागि सबैलाई आग्रह गरेको छ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरिवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । सङ्कलकले आगामी असारको पहिलो साताभित्र…