काठमाडौँ, ३० साउन । भगवान् श्रीकृष्ण जन्मनु भएको पावन दिनको सम्झनामा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा राष्ट्रपति विद्यादेवी भण्डारीले सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । श्रीकृष्णजन्माष्टमी पर्वका अवसरमा राष्ट्रपतिले दिनु भएको शुभकामना सन्देशमा उहाँले यस पर्वले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त हाम्रो…