महाअभियोग प्रस्ताव ‘निष्प्रभावी’ भएको पत्र कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ, २३ मंसिर । सर्वोच्च अदालतले संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमको एउटा पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । गएको बुधबार डा. गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव ‘निष्प्रभावी’ भएको पत्र राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सर्वोच्च अदालतलगायत निकायमा पठाएका थिए । शुक्रबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू विश्वम्भरप्रसाद…