एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्छ : अध्यक्ष ओली

काठमाडौँ, १६ कार्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा आफ्नो पार्टी विजयी नभए देशले दुर्भाग्य भोग्नुपर्ने बताएका छन् । आज काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–१ मा पार्टीका उमेदवार किरण पौडेलको प्रचार कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जनताले योपटक एमालेबाहेकलाई राष्ट्रिय शक्ति बनाउन नहुनेमा जोड दिए । एमालेलाई राष्ट्रिय शक्ति नबनाए देशका लागि दुर्भाग्य हुने…