ओलीको आक्रोश, यो देश गृहमन्त्रीको घरबाट ल्याएको हो ?

काठमाडौं, ६ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरिएकोप्रति आक्रोश व्यक्त गरेका छन् । आज ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले ‘कुन कानुनको आधारमा सुरक्षा खोसिएको ?’ भन्दै प्रश्न गरे । आक्रोशित हुँदै उनले ‘देश गृहमन्त्रीको घरबाट ल्याएको हो ?’ भन्दै प्रश्न…