काठमाडौँ, ५ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) फिर्ता लिनेबारे छलफल नभएको बताएका छन् । आज सञ्चारमाध्यमका सम्पादकसँगको छलफलमा बोल्दै अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनको बैठकमा यसबारे छलपल नभएको बताएका हुन् । उनले सेनाले अमेरिकालाई पत्र पठाउनु ठीक थियो कि थिएन भनेर छलफल हुनुपर्ने बताए । ‘नेपाली सेनाले चिठी…