काठमाडौँ, १३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले शताब्दीयौँदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वहरूले हाम्रो प्राचीन सभ्यता अनि धर्म र संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास पुग्ने बताएका छन् । रामनवमी पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले यस पर्वले सम्पूर्ण नेपालीबिच आपसी समझदारी, दिगो शान्ति एव भाइचाराको भावना…