ईट्टाले बनेको शहर, धुँवाले ढाकिएको सासः जिम्मेवार को ? भक्तपुर आफैं कि हामी सबै ?

कुनै समय भक्तपुर जिल्ला सांस्कृतिक सम्पदाको धनी मात्र थिएन । स्वच्छ हावा, सफा पानी र हराभरा खेतबारीको जीवन्त पर्याय थियो । हनुमन्ते खोला र मनोहरा खोलाका किनारामा किसानहरुले तरकारी पखाल्थे, मानिसहरु त्यही खोलाको पानीमा नुहाँउथे र खोलाको पानी सिंचाईका लागि प्रयोग हुन्थ्यो । त्यो समय भक्तपुरको पानी र हावा प्राकृतिक सम्पदा जस्तै जीवन र जनताका…