अलौकिक र पवित्र धर्मस्थल: चैनपूरको वालेश्वर गुफा र सिद्दकाली मन्दिर

तेजबहादुर ढकाल, काठमाडौँ संखुवासभा जिल्लाको चैनपुर (पौराणिक कालको हिमालय अधिराज्यको चन्द्रपूर)मा अवस्थित बालेश्वर गुफा भित्रको प्राकृतिक शिवलिङ्ग बिश्व कै ठूलो र अलौकिक मानिन्छ । यो गुफा र शिवलिङ्गको उत्पत्ति र महत्वका बारेमा पौराणिक तथ्यको थप अध्ययन र अनुसंधान गर्नु जरुरी छ । श्री स्कन्द पुराण केदारखण्डको श्री स्वस्थानी ब्रतकथाको सातौं अध्यायमा सतिदेवीले पिता दक्षप्रजापतिको यज्ञ कुण्डमा…