काठमाडौँ, २९ माघ । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ६ हजार ५ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य भने ५० रुपैयाँले बढेर ५ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।