बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १४ मंसिर । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १६ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ५२ हजार २ सयमा रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १४५ रुपैयाँले बढेर ३ हजार ४ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।