झापा, ३ साउन । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८१–८२ मा रु तीन अर्ब ५१ करोड ७९ लाख ५९ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ९.४० प्रतिशतले बढी हो । कार्यालयले आव २०८०–८१ मा रु तीन अर्ब २१ करोड ५४ लाख ६८ हजार राजस्व सङ्कलन गरेको थियो ।…