बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ३० पौष । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १५ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ७८ हजारमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ३१५ रुपैयाँले बढेर ५ हजार ६५५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।