काठमाडौँ, २१ चैत । काठमाडौँको टोखाबाट बरामद करिब २५ करोड रुपैयाँ बराबरका विदेशी मुद्रा तस्करीमा राजनीतिक ‘कनेक्सन’ देखिएको छ । युरो र अमेरिकी डलर तस्करीको अनुसन्धानमा सिन्धुपाल्चोकका माओवादी कार्यकर्ता नारायण पौडेल तानिएका छन् । उनका भाइ तथा ०७४ मा माओवादीबाट भोटेकोशी गाउँपालिका अध्यक्षमा निर्वाचित राजकुमार पौडेल पनि त्यतिबेला १५ किलो सुन तस्करीका आरोपी थिए । पौडेलका चार जना…