आजको सुनचाँदीको मूल्य

काठमाडौँ, १७ चैत । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ६ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ७६ हजार ८ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ…