काठमाडौँ, २८ पौष । नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठकले दुई देशबीच कृषि र औषधीय वनस्पतिसम्बद्ध व्यवसायमा सहजीकरण गर्ने सहमति गरेको छ । काठमाडौंमा सम्पन्न बैठकले शनिबार जलविद्युत्, नवीकरणीय ऊर्जा, सौर्य, वायुलगायत परियोजनामा सहकार्य गर्ने विषयमा समेत सहमति गरेको नेपाल उद्योग वाणिज्य महासंघले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । ‘स्वच्छ ऊर्जा प्रवर्द्धन, पर्यटन र कनेक्टिभिटी,…