ताप्लेजुङ, ५ वैशाख । विश्वको तेस्रो सर्वोच्च शिखर कञ्चनजङ्घाको पहिलो सफल आरोहणको ७० औँ वार्षिकोत्सवका अवसरमा आजदेखि यहाँ ‘कञ्चनजङ्घा हीरक महोत्सव–२०८२’ आयोजना हुँदैछ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा हुने महोत्सव यही वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री, खानाका परिकारको प्रवर्द्धन, विविध सांस्कृतिक कार्यक्रम, खेलकुद, पदयात्रा, फोटो तथा भिडियो…