बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २५ पौष । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ८ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५३ हजार ३ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य ३० रुपैयाँले बढेर प्रतितोला १८ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।