काठमाडौँ, १० चैत । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ९ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ७४ हजार १ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर १९ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।