काठमाडौँ, १७ पौष । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १४ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ५५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।