काठमाडौँ, १६ पौष । सेयर बजार परिसूचक नेप्से आज ३३ अंकले घटेको छ । खुलेदेखि नै ओरोला लागेको बजार अन्त्यमा ३३.३२ ले घटेर बन्द भएको हो । बजार घटेसँगै समग्र बजार मापक २,५७६ विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । बजार घट्दा २८ कम्पनीको मात्रै सेयरमूल्य बढेको छ । २१३ कम्पनीको सेयरमूल्य घटेको छ…