काठमाडौँ, ५ असार । आज सेयर बजारको परिसूचक नेप्से २.२७ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०७८ अंकमा कायम भएको छ । नेप्से बढे पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ५ करोड रुपैयाँको कारोबार भएकोमा आज ३ अर्ब ४० करोडमा खुम्चियो । १३५ कम्पनीको मूल्य बढ्दा १०४ को घट्यो…