नेप्से परिसूचक ८‍.९० अंकले बढ्यो

काठमाडौँ, २८ जेठ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)८.९० अंकले बढेको छ ।  आज नेप्सेमा ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको १ करोड १६ लाख कित्ताभन्दा बढी सेयर किनबेच भयो । यस्तै १७६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६१ वटा कम्पनीको मूल्य घट्यो । यसबाहेक ९ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै घटबढ भएन ।…