काठमाडौँ, २१ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका प्रमुख (मेयर) रवि केसीसहित ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । नगरपालिकाभित्र सञ्चालन हुने भनिएको दुग्ध सहकारीको अनुदान रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरू विरुद्ध बिहीबार मुद्दा दायर गरिएको हो । आठबीसकोट दुग्ध सहकारी संस्था लिमिटेडका नाममा चिस्यान केन्द्र…