संसद्मा चर्कियो सहकारी ठगीको मुद्दा

काठमाडौँ, १ चैत । सहकारीको बचत हिनामिना गरेर सर्वसाधारण ठगीमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाइएकामा प्रतिनिधिसभा बैठकमा प्रश्न उठेको छ । बुधबारको बैठकमा सत्तारुढ बाहेकका दलले प्रश्न उठाएका हुन् । प्रमुख प्रतिपक्ष कांग्रेस र अन्य दलका सांसदले विगतमा विवादित मन्त्रीको उदाहरण दिँदै सहकारी ठगीका व्यक्ति पनि मन्त्रिपरिषद्मा रहन नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएका…