बीउ अभावले आलु उत्पादन कार्यक्रम रोकियो

गोरखा, ७ मंसिर । गोरखामा किसानको आर्थिक आयआर्जन वृद्धिका लागि करिब रु डेढ करोड बजेट विनियोजन भएर आएको ‘समुदायस्तरमा प्रशोधन योग्य आलु उत्पादन कार्यक्रम’ रोकिएको छ । कृषि ज्ञान केन्द्र गोरखामार्फत लागू गर्ने गरी विनियोजन भएको रु एक करोड ४० लाख बजेटको कार्यक्रम बीउको अभावका कारण स्थगित गर्नुपरेको कार्यालयका प्रमुख नीलकण्ठ पोखरेलले जानकारी दिए ।…