सीमित व्यक्तिका कारण सेयरबजार प्रभावित : मन्त्री महत

काठमाडौँ, १५ असोज । अर्थमन्त्री डा. प्रकाशशरण महतले सीमित व्यक्तिका कारण सेयरबजार प्रभावित भएको बताएका छन् । आज काठमाडौँमा ‘विश्व लगानीकर्ता सप्ताह २०२३’ को उद्घाटन कार्यक्रममा उनले लगानीकर्तालाई सचेत बनाउनुपर्नेमा जोड दिए । उनले भने, “सीमित व्यक्तिले अहिले पनि बजारमा खेल्ने गरेका छन् । सबैले बजार बुझेका हुँदैनन्,” “पुँजीबजारको विषयमा सबैलाई ज्ञान नहुने भएकाले चेतना…