म्याग्दी, २६ असोज । हङ्कङमा रहेका म्याग्देलीहरूले विपन्नको उपचारमा सघाउन रु ४० लाख सहयोग गरेका छन् । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) हङ्कङको २० औँ साधारणसभाका अवसरमा सङ्कलन भएको रु ४० लाख ११ हजार एक सय ११ ओमकुमारी शान्ति कोषले विपन्नको उपचारमा सघाउन स्थापना गरेको अक्षयकोषलाई उपलब्ध गराएको हो । मोना हङ्कङका अध्यक्ष कर्ण पुनले…