काठमाडौँ, ३० पौष । आज सेयर बजार १.५२ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६४१ अंकमा कायम भएको छ । दिनभर बजारको उतारचढाव सामान्य रह्यो । कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ६ अर्ब ९९ करोडको कारोबार भएकोमा आज ६ अर्ब २० करोडको भयो । १२५ कम्पनीको मूल्य बढ्दा १२४ को घट्यो…