शेयर बजार आज दोहोरो अङ्कले घट्यो

काठमाडौँ, १२ फागुन ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार आज आइतबार शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । कारोवार मापक नेप्से परिसूचक १०.७५ विन्दुले घटेर एक हजार १०२.३२ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४२ विन्दुले घटेर २३४.१८ विन्दुमा पुगेको छ । आइतबार कूल १६६ कम्पनीको छ लाख ९८ हजार ५४२…