दोब्बर मूल्यमा सामान बेच्ने भाटभटेनीलाई ३ लाख जरिबाना

काठमाडौँ, १५ वैशाख । वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी स्टोर टङ्गाललाई तीन लाख रुपैयाँ जरिबाना तिराएको छ । विभागको अनुगमन शाखाका निर्देशक सागर मिश्रका अनुसार बढी मूल्य लिएर सामान बेचेको उजुरीका आधारमा सोमबार अनुगमन गरिएको र बढी मूल्य लिएको पाइएकाले तीन लाख रुपैयाँ जरिबाना तिराएको हो । भाटभटेनीले एक सय २० रुपैयाँ पर्ने लाखमरीलाई दुई सय…