भक्तपुर, १५ माघ । विश्वसम्पदा सूचीमा रहेको भक्तपुरको प्रसिद्ध चाँगुनारायण मन्दिरको जीर्णोद्धारको कार्य सुरु भएको छ । विसं २०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त भएपछि चारैतिर टेको लगाएर अड्याइएको उक्त मन्दिरको जीर्णोद्धार कार्य सुरु भएको पुरातत्व विभाग भक्तपुर स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका इन्जिनियर मोहनकृष्ण श्रेष्ठले जानकारी दिए । मन्दिरमा क्षमापूजा सकिएपछि गत बुधबारदेखि मूल मन्दिरका…